RayNewsDaily
भोटेकोशी बाढी अपडेट : हालसम्म १,३५५ शव फेला, झण्डै ५ हजार जना अझै बेपत्ता
  • रसुवा बाढीमा १,३५५ शव फेला परेकामा ९८ जनाको सनाखत भएको छ ।

  • सुरक्षाकर्मी र विदेशीसहित करिब ४,९९६ जना अझै बेपत्ता छन् ।

  • १३,३९६ जनाको उद्धार गरिएको छ भने २१,४०२ सुरक्षाकर्मी खटिएका छन् ।

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा बाढीमा हालसम्म १,३५५ जनाको शव फेला परेको छ । फेला परेका शव तथा मानव अङ्गमध्ये ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।

बाढीमा करिब ४,९९६ जना सम्पर्कविहीन छन् । यसमा रसुवाबाट १,९६७, नुवाकोटबाट २,३४०, सुरक्षाकर्मी तथा कर्मचारी १०० र विदेशी नागरिक ५८९ जना छन् ।

हालसम्म १३,३९६ जनाको उद्धार गरिएको छ । घाइते ६,६७२ जनामध्ये अस्पताल भर्ना भएका ३२३ मा २२८ जना डिस्चार्ज भइसकेका छन् ।

प्रभावित क्षेत्रका ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जना बसिरहेका छन् (रसुवामा ६६९, नुवाकोटमा २,६५१ र धादिङमा २१३) । उद्धार र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २१,४०२ जना सुरक्षाकर्मी परिचालित छन् । रासस

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update