बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
- बाढी प्रभावित १३ हजार ९३ जनाको उद्धार ।
- एक हजार २८७ शव सङ्कलन, पाँच हजार ८३ जना सम्पर्कविहीन ।
- २१ हजार ४२१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन ।
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजार ९३ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म उक्त सङ्ख्यामा उद्धार गरिएको हो ।
प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् ।
हाल विभिन्न अस्पतालमा पाँच हजार ३९७ जनाको उपचार भइरहेको छ । नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा चार हजार ५२१ जनालाई राखिएको छ । प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३ १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
