RayNewsDaily
सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’
  • सम्पर्कविहीन सैनिकका परिवारका लागि हेल्प डेस्क ।
  • ४५ सैनिक अझै सम्पर्कविहीन ।
  • खोजी तथा उद्धार कार्य जारी ।

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग सेनाको सम्पर्क भइसकेको जानकारी दिनुभयो । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका ४५ जना सैनिक सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन सैनिकको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ । रसुवाको टिमुरेदेखि नवलपुरसम्म खटिएका सैन्य टोलीलाई सम्पर्कविहीन नागरिक तथा सैनिकबारे जानकारी सङ्कलन गरी खोज तथा उद्धारमा केन्द्रित गराइएको जङ्गी अड्डाले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update