RayNewsDaily
जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो   

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको     
    
 भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका पर्वत बेनीमा बुधबारदेखि नापजाँच सुरु गरेको हो     
    
 समितिका अध्यक्ष पनि रहनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नापजाँचको काम सुरु भएको जानकारी दिनुभयो वडा गाउँपालिकाले प्रमाणित गरेका निवेदकको जग्गाको स्थलगत नापजाँच गर्न थालिएको ,” उहाँले भन्नुभयो, “अन्य वडा पालिकामा पनि सो काम अगाडि बढ्छ ”    
    
 आवश्यक प्रतिवेदन तयार पारी जग्गा पहिचान, कित्ताकाट, सार्वजनिक जग्गालाई सरकारबाट व्यक्तिको नाममा दिन स्रेस्ता कायम गरिनेछ त्यसपछि पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्ययोजना बनाइएको     
    
 यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख निवेदनका आधारमा नापजाँचको काम थालिएको हो एक हजार ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको निवेदन स्थानीय तहबाट प्रमाणीकरण भएर समितिमा आएको नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेले बताउनुभयो     
    
 “जलजला गाउँपालिकाबाट ३४० जनाको निवेदन प्रमाणीकरण भएर आएको ,” उहाँले भन्नुभयो, “नापजाँचसँगै समितिको कार्यादेश क्षेत्राधिकार तथा मापदण्डका आधारमा जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरिएको ”    
    
 नापजाँचपछि विधि, प्रक्रिया मापदण्डअनुसार दिन मिल्ने जग्गा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने नमिल्ने सार्वजनिक जग्गा खाली गरी संरक्षण गरिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो     
    
 राससका अनुसार स्थानीय यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको जग्गाको नापजाँच भएपछि लालपुर्जा पाउने आशा पलाएको बताउनुभयो जग्गाधनी प्रमाणपुर्जाको आशमा निवेदन दिएको वर्षांैपछि नापजाँच सुरु भएकामा खुसी लागेको ,” उहाँले भन्नुभयो, “लालपुर्जा पाउने आशा जागेको ”    

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update