अमेरिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ४० टनभन्दा बढी राहत सामग्री सहयोग
रे समाचार/काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढी प्रभावित समुदायका लागि उपलब्ध गराएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।
यहाँस्थित अमेरिकी दूतावासका अनुसार बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाई पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सौर्य बत्तीलगायत सामग्री वितरण गरिनेछ।
दूतावासले नेपालको आवश्यकताअनुसार जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३ १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
