RayNewsDaily
पहिरोले कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध
  • पहिरोले दुई प्रमुख सडकखण्ड अवरुद्ध ।
  • राक्सेमा कालीगण्डकी करिडोर अवरुद्ध ।
  • घुम्तीमा मदन भण्डारी राजमार्ग अवरुद्ध ।

गुल्मी, १६ भदौ । अविरल वर्षासँगै आएको पहिरोले गुल्मीका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन् ।

कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा आज बिहान माथिबाट खसेको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यसैगरी गुल्मीदरबार गाउँपालिका-३ स्थित घुम्तीमा पनि बिहान माथिबाट खसेको पहिरोले मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ ।

सडक खुलाउन प्रहरी चौकी पुर्तीघाट र चारपालाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update