RayNewsDaily
समवेदना व्यक्त गर्न पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावासमा   

काठमाण्डू । पाकिस्तानका राष्ट्रपति अशिफ अलि जर्दारीको निर्देशनमा त्यहाँका पूर्वसिनेट अध्यक्ष सैयद नय्यर बुखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलांगीले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।         
उहाँहरुले दूतावासको भ्रमण गरी चीन-नेपाल सीमामा गएको भिषण बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानका राष्ट्रपति तथा पाकिस्तानी जनताको तर्फबाट समवेदना व्यक्त गर्नुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।     
    
 सो अवसरमा पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले उहाँहरूलाई स्वागत गर्नुभएको थियो । साथै उहाँले यस कठिन समयमा नेपालप्रति पाकिस्तान सरकार तथा जनताले व्यक्त गरेको ऐक्यबद्धता र प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।    
    
अध्यक्ष बुखारी र प्रवक्ता सोलांगीले दूतावासमा रहेको आगन्तुक पुस्तिकामा समेत समवेदना तथा ऐक्यबद्धताको सन्देश लेख्नुभएको थियो । रासस   

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update