RayNewsDaily
भोटेकोशी बाढी अपडेट : सेनाद्वारा ३३० जनाको हवाई उद्धार, सुरुङमा खोजीकार्य जारी
  • सेनाद्वारा ३३० बाढी प्रभावितको हवाई उद्धार ।
  • जलविद्युत् आयोजनाका सुरुङमा खोजीकार्य जारी ।
  • ८ हजार ९०० भन्दा बढी सैनिक उद्धारमा खटिए ।

रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवामा नेपाली सेनाले हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० जनाको उद्धार गरेको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी तथा उद्धार कार्य पनि जारी छ ।

नेपाली सेनाका अनुसार त्रिशूली-३ जलविद्युत् आयोजनाको सुरुङमा प्राविधिक तथा विज्ञ टोली करिब १५ मिटर तल ओर्लिएर खोजी तथा उद्धारमा खटिएको छ । त्रिशूली-३ बी (३घ) को सुरुङमा पनि सेनाको विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।

surungma-uddar-1788174283.jpg
रसुवागढी हाइड्रोपावरको सुरुङमा सुरक्षाकर्मीको संयुक्त टोलीले करिब २५० मिटरभित्रसम्म पुगेर खोजी गरेको थियो । तर, त्यहाँ कोही पनि फेला नपरेपछि टोली बाहिर फर्किएको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन नेपाली सेनाका आठ हजार ९०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन् । सेनाको टोलीले खोला किनार, पहाडी क्षेत्र तथा स्थानीयका घर-घरमा पुगेर खोजी, उद्धार तथा राहत कार्य गरिरहेको नेपाली सेना श्रीनाथ गणले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update