RayNewsDaily
भोटेकोशी बाढीः मृत्यु र वेपत्ता हुनेहरुको संख्या उच्च, हालसम्म ९०३ जनाको निधन, ४ हजारभन्दा बढी सम्पर्कविहीन   

काठमाण्डू । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ । उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब चार हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।    
    
प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढी पहिरोमा फसेका हालसम्म १० हजार ४५९ जनाको उद्धार गरिएको छ ।    
    
प्राधिकरणका अनुसार, नेपाली सेनाले हेलिकप्टरमार्फत तीन हजार ३४४ नेपाली नागरिक र २५२ विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यसका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ ।   

राससका अनुसार  सरकारले मुख्य प्रभावित रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत सहयोग उपलब्ध गराएको छ । साथै प्रभावित १५ वटा पालिकालाई रु छ करोड ७५ लाख उपलब्ध गराएको जानकारी दिइएको छ ।    
    
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाउने काम भइरहेको छ । रासस  
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update