भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै बेपत्ता
रे समाचार/काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ७५२ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये उक्त संख्यामा शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ ।
हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ भने २ हजार ५०२ जना अझै सम्पर्कविहीन छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
