RayNewsDaily
माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङमा फसेकाको उद्धारमा चिनियाँ टोली परिचालन
  • सुरुङमा फसेका श्रमिकको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन 
  • नेपाली सेना र चिनियाँ टोलीले संयुक्त रूपमा प्राविधिक अनुगमन गर्दै 
  • आवश्यकता देखिए थप चिनियाँ विज्ञ घटनास्थलमा बोलाइने 

रे समाचार/काठमाडौँ । बाढीका कारण प्रभावित नुवाकोटस्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकको उद्धारका लागि नेपाल सरकारको अनुमतिमा छ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ ।

चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै उद्धारको काम सुरु गरेको छ । अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धारका लागि विशेष संयन्त्र परिचालन गरिएको हो ।

संयुक्त टोलीले सुरुङभित्रको अवस्था र उद्धारको सम्भाव्यताबारे प्राविधिक ‘रेकी’ (अनुगमन) गर्नेछ । प्रारम्भिक अनुगमनबाट उद्धार सम्भव देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा राखिएका चिनियाँ विज्ञलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ ।

सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहे पनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको संयुक्त प्रयासमा फसेका श्रमिकलाई सकुशल उद्धार गर्न प्रयास भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update