RayNewsDaily
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास   

प्रगति ढकाल/काठमाण्डू ।  
तेता के के हुँदैछ, यता बाढी पसेर    
फेरि हामी दुःखीकै खायो मुटु कलेजो    
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार    
चरी लैजा समाचार, हामी भयौँ बेघरबार...’    
    
 गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले गीत मात्रै रहेन, रसुवा, नुवाकोट, धादिङ चितवनका नदी किनारमा बस्ने कैयौँ परिवारको पीडा बनेर गुञ्जिएको केही दिनअघिसम्म सुन्दर देखिएको बस्ती बगरमा परिणत भएका छन् कतिको ज्यान गयो कति बेपत्ता छन् कति घाइते भए कसैको घर छैन, कसैको खेत अनि कतिको व्यवसाय गयो     
    
 कतिपयले परिवारका आफ्ना मान्छे कहाँ छन् भन्ने खबरसमेत पाएका छैनन् बुधबारको दिन आकाशबाट त्यस्तो ठूलो पानी परेको पनि थिएन गाउँबस्तीमा बाढी आउला भन्ने कुनै सङ्केत नै भएन बिहानीको समय दैनिक कामकाजमै मानिस व्यस्त थिए कोही खाना खाँदै थिए, होला कोही स्कुल जाँदै थिए कति अफिसको काममा व्यस्त हुन थालेका थिए कोही खेतबारीको काम गरिरहेका थिए होलान् कति जना यात्रामा थिए     
    
 पत्तै नभई भोटेकोशी नदी एक्कासी उर्लिएर आयो सामान्य अवस्थामा बगिरहेको नदीको आवाज एकाएक भयावह बन्यो पानीसँगै ढुङ्गा, माटो, काठ भग्नावशेष बगेर आए रसुवाको माथिल्लो तटीय क्षेत्रको नदी आसपासका बस्तीमा रहेका मानिसलाई सम्हालिन सोच्नसमेत समय मिलेन     
    
 वर्षौंको मेहनतले जोडेको सम्पत्ति केही मिनेटमै नदीको भेलमा मिसियो नदी किनारमा रहेका सडक पुलसमेत बाढीको बेगसँगै बगेर गए अन्य ठूला भौतिक पूर्वाधार यातायातका साधनलाई भेलले बगायो     
    
 रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका लागि भोटेकोशी बाढीले ल्याएको विपद्को त्यो क्षण अझै पनि सपना जस्तै लागिरहेको यति ठूलो विपद्ले गाउँबस्तीलाई यसरी तहसनहस बनाउला भन्ने उहाँले कल्पनासम्म गर्नुभएको थिएन केके भयो, भयो अझै पनि अचम्म लागिरहेको यस्तो महाविपद् आउला भनेर मैले कहिल्यै कल्पना गरेको थिइन अहिले पनि यो सपना हो कि विपना जस्तो लागिरहन्छ”, रासससँगको टेलिफोन वार्तामा उहाँ भन्नुहुन्छ     
    
 बाढीले उजाडिएको बस्तीमा उद्धार तथा राहतका लागि स्थानीय तहको टोली परिचालन भइरहेको तर जहाँ हे¥यो, त्यहीँ पीडा कतै भग्नावशेष, कतै आफन्तको खोजीमा रहेका परिवार, कतै घरबार गुमाएका मानिस विपद्पछिको त्यो कोलाहल मानवीय पीडा सम्झँदा अध्यक्ष तामाङको मन भारी बाढीले उजाडिएको बस्तीमा हामी उद्धारमा जुटिरहेका छौँ यहाँको अवस्था कोलाहल देख्नै सकिएको छैन मन रोएको ”, भावुक स्वरमा उहाँले भन्नुभयो     
    
 अहिले गाउँपालिकाको पहिलो प्राथमिकता घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी जीवित रहेकालाई तत्काल राहत उपलब्ध गराउनु रहेको उहाँको भनाइ तामाङले यति ठूलो विपद्को सामना गर्न स्थानीय तहको आफ्नै स्रोत, साधन जनशक्ति पर्याप्त नभएको गुनासो गर्नुहुन्छ घाइतेको उद्धार गर्ने, बेपत्ताको खोजी गर्ने बाँचेकालाई राहत उपलब्ध गराउने काममै लागिरहेका छौँ तर यति ठूलो विपद्को प्रतिकार्य गर्न स्थानीय तहसँग मात्रै पर्याप्त क्षमता हुँदैन रहेछ”, अध्यक्ष तामाङ भन्नुहुन्छ, “यस्तो अवस्थामा सबै तहका सरकार, सुरक्षा निकाय सहयोगी संस्थाको समन्वय झन् महत्वपूर्ण हुने रहेछ फेरि पनि यस्तै विपद् दोहोरिने हो कि भन्ने सन्त्रास रहेको उहाँ बताउनुहुन्छ     
    
 भोटेकोशी बाढीको खबर सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हुँदै एकाएक देशदेखि विदेशभर फैलियो बाढीको भिडियो भाइरल बन्न थाले भिडियोको दृश्यले सन्नाटा छायो बाढी आएको देख्नेबित्तिकै मानिसहरू ज्यान जोगाउन दौडिएको देखिन्थ्यो कोही बालबालिका बोकेर भागेका थिए कोही वृद्ध आमाबुबालाई समातेर सुरक्षित स्थानतर्फ लाग्दै थिए कतिलाई भाग्दाभाग्दै बगाएको देखिन्थ्यो कतिले घरको छतमा आश्रय लिए, कसैले डाँडातिर भागेर ज्यान जोगाएको देखिन्थ्यो     
    
 एक वर्षअघि पनि रसुवास्थित नेपालचीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको थियो उक्त बाढीका कारण चीननेपालका गरी अहिलेसम्म १९ जना बेपत्ता सात जनाको मृत्यु भएको फेरि सो स्थानमा नै यस वर्ष झन् ठूलो बाढीले तहसनसस बनाएर गयो     
    
जलमापन केन्द्र बगाउँदा समस्या    
    
 जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविज्ञहरूलाई बुधबार बिहान अफिस आउनेबित्तिकै भोटेकोशीमा बाढी आएको भन्ने सूचनाले झस्कायो खानी तथा भूगर्भ विभागबाट बिहान बजेर ३७ मिनेट जाँदा चीनतर्फको हिमाली क्षेत्रमा . रेक्टर स्केलको भूकम्प गएको सूचना पनि आइसकेको थियो त्यसको केही मिनेटपछि भोटेकोशीस्याफ्रुबेंसी जलमापन केन्द्रलाई बाढीले बगाएपछि तथ्याङ्क आउन बन्द भयो     
    
 महाशाखाको बाढीविद् सरस्वती विष्टका अनुसार बिहान ८ः४० बजे प्राप्त अन्तिम तथ्याङ्कअनुसार भोटेकोशी नदीको जलसतह दशमलव ६२ मिटर मात्रै देखिएको थियो उक्त केन्द्रमा सतर्कता तह मिटर खतरा तह सात मिटर निर्धारण गरिएको बिहान ९ः०० बजेतिर फेरि जिल्ला प्रशासन कार्यालय, रसुवा तथा बेत्रावतीमा रहेका जलमापन केन्द्रका कर्मचारीमार्फत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रलाई भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गर्न लागेको सूचना पुग्यो     
    
 बाढी आएको जलमापन केन्द्रले सूचना नदेखाए पनि बाढीसम्बन्धी पूर्वसूचना सम्पे्रषण जतिसक्दो चाँडो सर्वसाधारणलाई पु¥याएर ज्यान जोगाउने काम भएको बताउनुहुन्छ विष्ट हामीले हेर्दा नदीको अवस्था सामान्य जस्तै देखिन्थ्यो तर त्यसको केहीबेरमै घटनाक्रमले अप्रत्यासित मोड लिएछ अनि सूचना पाएलगत्तै सम्भावित जोखिममा रहेका बस्तीलाई खबर गर्ने काम सुरु भयो”, उहाँ भन्नुहुन्छ, “अप्रत्यासित रुपमा आएको यो बाढीको पूर्वसूचना दिने समय नै कम भयो ”    
    
 विष्टका अनुसार उक्त दिन बिहान ९ः१५ बजेतिर त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान आग्रह गरियो रसुवा, नुवाकोट, धादिङ चितवनका नदी आसपासका बासिन्दालाई प्रारम्भिक पूर्वसूचना एसएमएसमार्फत पठाइएको उहाँको भनाइ त्यसको एक मिनेटपछि, ९ः१६ बजे, नेपाल टेलिकम एनसेलमार्फत त्रिशूली नदीको तटीय क्षेत्र तथा मुग्लिनसम्मका नागरिकलाई फेरि सतर्क गराइएको विष्टले जानकारी दिनुभयो     
    
तटीय क्षेत्रका नागरिकलाई लाख ७९ हजार मोबाइल एसएमएस    
    
 केन्द्रकोे बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी तथा त्रिशूली नदीतटीय क्षेत्रका नागरिक बचाउन लाख ७९ हजार मोबाइल एसएमएस पठाएको जानकारी दिएको केन्द्रका प्रवक्ता डा राजन भट्टराईले नेपाल टेलिकम एनसेलमार्फत लाख ७९ हजार २९५ एसएमएस पठाएर भोटेकोशी तथा त्रिशूली नदीतटीय क्षेत्रका नागरिकलाई चरणबद्ध रूपमा सुरक्षित स्थानमा जान अनुरोध गरिएको जानकारी दिनुभयो     
     
 भोटेकोशीत्रिशूलीमा आएको बाढीसम्बन्धी समयमै पुगेको पूर्वसूचनाका कारण धेरैको ज्यान जोगिएको बताउहुन्छ धादिङस्थित नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना उपल्लो तटीय क्षेत्रमा बाढी गएको खबर पाउनासाथ हामीले पूर्वसूचना सबैतिर सम्प्रेषण ¥यौँ त्यसपछि धेरै मानिस अग्लो तथा सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भए”, नगरप्रमुख ढुङ्गाना भन्नुहुन्छ     
    
नेपालचीन सीमा क्षेत्रमा हिमचट्टान पहिरो जाँदा भोटेकोशी बाढी    
    
 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपालचीन सीमा क्षेत्रमा हिमचट्टान पहिरो गएको त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपालचीन सीमामा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको बताउनुभयो      
    
 “स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपालचीन सीमामा हिमचट्टान पहिरो गएको देखिन्छ त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको ”, प्राधिकरणका कार्यकारी प्रमुख डा उप्रेतीले भन्नुभयो बाढीविद् विनोद पराजुलीले घटनाको कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको जानकारी दिनुभयो     
    
सतचालीस हिमतालको जोखिम कायमै    
    
 अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) कोइन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइनाशीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत चीनमा अवस्थित ४७ वटा हिमताल फुट्नसक्ने बताएको     
    
 युएनडिपी इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख यी हिमताल जुनसुकै बेलामा पनि फुट्नसक्ने नेपालले ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएकोे     
    
 उक्त अध्ययनअनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल एउटा भारतमा पर्छ तीमध्ये केही अत्यन्त संवेदनशील मानिएका छन् जसले ठूलोमात्रामा जनधनको क्षति गराउने सम्भावना रहेको अध्ययनले देखाएको प्रतिवेदनले जोखिममा रहेका हिमतालहरू फुट्दा नेपालले अर्बौंभन्दा बढी वित्तीय क्षति व्यहोर्नुपर्ने ठूलो मानवीय क्षति पनि गर्नसक्ने उल्लेख गरेको प्रतिवेदनले क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका कार्यक्रम तय गर्न पनि सुझाव दिएको     
    
विपद्का कारण पर्नसक्छ मानसिक स्वास्थ्यमा समस्या    
    
 अचानक आएको बाढी, आफन्त गुमाउनु, घरबारविहीन हुनु वा मृत्युको मुखबाट जोगिनुजस्ता कारणले मानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्नसक्ने मनोचिकित्सकहरु बताउँछन् पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की भोटेकोशी बाढीजस्ता विपद्का कारण मानिसमा मनोवैज्ञानिक असर पर्नसक्ने बताउनुहुन्छ बाढीका कारण घरबारविहीन हुँदा, आफन्त गुमाउँदा, घाइते भएर बाँच्नुपर्दा फेरि पनि विपद् दोहोरिने हो कि भन्ने त्रासले मानसिक स्वास्थ्यमा प्रभाव पर्नसक्छ”, उहाँ भन्नुहुन्छ, “कसैमा सामान्य तनाव देखिन सक्छ भने कसैमा गम्भीर मानसिक समस्या पनि उत्पन्न हुनसक्छ ”    
    
 डा कार्कीले विपद्पछि देखिनसक्ने प्रमुख मनोवैज्ञानिक समस्यामा चिन्ता (एन्जाइटी) डिप्रेसनमा पर्नसक्ने लामो समयसम्म तनावमा रहँदा निद्रामा समस्या हुने, डर बेचैनी बढ्ने, दैनिक काममा रुचि घट्ने तथा निरासा बढ्ने हुनसक्ने बताउनुभयो त्यसैले भोटेकोशी विपद् पीडितका सम्भावित मानसिक स्वास्थ्य समस्या निराकरण कसरी गर्न सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौँ उहाँहरुलाई निःशुल्क रुपमा परामर्शको दिनेगरी निःशुल्क हटलाइन सेवा१११५को व्यवस्था गरेका छौँ ” रासस   
  

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update