RayNewsDaily
ल्हेन्दे-रसुवा बाढी : बाढिग्रस्त क्षेत्रमा चिनियाँ जनमुक्ति सेना परिचालन

रे समाचार/काठमाण्डू ।  चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा हिजो बुधबार आएको भीषण बाढीमा परी ३ जनाको मृुत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा चिनियाँ जनमुक्ति सेना परिचालन गरिएको छ।

Red-Army-China-pic-(1)-1787821283.jpg
सिन्ह्वा न्यूज एजेन्सीका अनुसार चिनियाँ जनमुक्ति सेनाको पश्चिम थिएटर कमान्डको निर्देशक टोली सैन्य विमानमार्फत आज बिहीबार प्रभावित क्षेत्रतर्फ गएको हो। चिनियाँ सेना र स्थानीय उद्धार टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। नेपाल चीन सिमामा रहेको तिब्बती भन्सार क्षेत्रमा हिजोको बाढीले ठूलो जनधनको क्षती गरेको थियो ।

Red-Army-China-pic-(2)-1787821310.jpg
बाढीग्रस्त क्षेत्रको अध्यागमन कार्यालयले जारी गरिएको भनिएको सीसीटिभी फुटेजमा सैयौं नागरिक तथा कर्मचारीहरु ज्यान जोगाउन दौडदै गरेको र बाढीले पुरिएको भिडियो देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update