RayNewsDaily
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको आज हवाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये छ देशका ४५ जना विदेशी नागरिक छन् ।

नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।

आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट प्रभावितलाई उद्धार गरिएको हो । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update