भारतद्वारा दोस्रो चरणमा ३७.५ टन राहत सामग्री प्रदान
- भारतले रसुवाका बाढीपीडितका लागि ३७.५ टन राहत पठायो ।
- दोस्रो चरणमा मानवीय सहायता र विपद् राहत सामग्री पठाइएको ।
- यसअघि भारतले १० टन राहत सामग्री पठाएको थियो ।
काठमाडौँ । भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
उहाँले भारत नेपालका अधिकारीसँग नियमित सम्पर्कमा रहेको र विपद् सहायतामा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
भारत सरकारले यसअघि बुधबार राति रसुवाका बाढी प्रभावितका लागि १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि पठाइएको विदेशमन्त्री जयशङ्करले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
