प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र ।
- स्याफ्रूबेँसी, टिमुरे र मैलुङबाट १२० जनाको हवाई उद्धार ।
- प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन ।
काठमाडौँ । रसुवास्थित नेपाल-चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी तथा विस्थापितलाई राहत वितरण गरिरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो ।
सेनाले रसुवाको स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी गरी १२० जनाको हवाई उद्धार गरेको छ। बाढी प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन गरिएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
