RayNewsDaily
नेपाल-चीन सीमा क्षेत्रमा हिम-चट्टान पहिरो जाँदा भोटेकोशी बाढी   

काठमाण्डू । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल-चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।    
    
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको चट्टानसहितको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको जानकारी दिनुभयो ।    
    
 “स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको देखिन्छ । राससका अनुसार त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ,” कार्यकारी प्रमुख डा. उप्रेतीले भन्नुभयो ।    
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  २३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update