- भोटेकोशी बाढीमा हालसम्म ९५ जनाको शव फेला ।
- ६३ घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै ।
- २८ जना प्रहरी अझै सम्पर्कबिहीन ।
रे समाचार/काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परी हालसम्म ९५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना छन् ।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ महिला र ६ पुरुष गरी ११ जनाको शव भेटिएको छ । धादिङमा ११ महिला, ५ पुरुष र पहिचान नखुलेका २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
गोरखामा एक महिला, ४ पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको छ ।
तनहुँमा ३ पुरुष, एक बालिका र एक बालक तथा नवलपरासीपूर्वमा ८ पुरुष र ३ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
६३ जना उपचाररत
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३ जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
२८ प्रहरी सम्पर्कबिहीन
नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट ८, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट एक र हाकुबाट एक जना गरी २८ जना प्रहरी सम्पर्कबिहीन छन् ।
