RayNewsDaily
भोटेकोशी बाढी : तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार    

त्रिशूली (नुवाकोट) । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।     
     
उनीहरूलाई विदुर नगरपालिका-४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो । रासस
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update