RayNewsDaily
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन    

काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उहाँहरू सम्पर्क विहीन हुनुभएको हो ।     
     
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्क विहीन छन् ।     
     
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आउनुभएको छ । सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ । रासस
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update