RayNewsDaily
रसुवाको भीषण बाढी आदमघाटसम्म पुग्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम
  • त्रिशूली नदी हुँदै आदमघाट क्षेत्रसम्म बाढी ।
  • नदी तटीय क्षेत्रमा जोखिम बढ्यो ।
  • सुरक्षित स्थानमा रहन स्थानीयलाई आग्रह ।

रे समाचार/धादिङ । रसुवामा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको आदमघाट क्षेत्रसम्म पुगेको छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक शैलेन्द्र थापाका अनुसार बाढीले आदमघाट क्षेत्र पार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा जोखिम बढेको छ । नदीको बहाव थप बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

बाढीबाट भएको क्षति तथा अन्य विवरण भने आउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update