गरिमा चौधरी हत्या विरोधमा काँकरभिट्टामा प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग
- तीन वर्षीया गरिमा चौधरीको हत्या विरोधमा र्याली ।
- काँकरभिट्टा बजारमा विभिन्न सङ्घसंस्था र विद्यार्थीको सहभागिता ।
- दोषीलाई कारबाही र गरिमालाई न्याय दिन माग ।
रे समाचार/काँकरभिट्टा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्याली निकालिएको छ ।
जनचेतना महिला केन्द्रको आयोजनामा निकालिएको र्यालीमा मेचीनगर क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा विद्यार्थी सहभागी भएका थिए । र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।
र्यालीका सहभागीले ‘हत्या हिंसा बन्द गर’, ‘अन्याय अब सहिन्न’, ‘बलात्कारीलाई फाँसी दे’ र ‘गरिमालाई न्याय दे’ लगायतका नारा लगाएका थिए ।
र्यालीपछि आयोजित कोणसभालाई जनचेतना महिला केन्द्रकी संयोजक राधाप्रधान कार्की तथा विद्यार्थीले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ १३:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
