जापानिज इन्सेफ्लाइटिसबाट झापामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
- जेइ सङ्क्रमित ११ जना पुगे ।
- चार महिला र दुई पुरुषको मृत्यु ।
- परीक्षण र स्वास्थ्य अनुगमन बढाइयो ।
भद्रपुर । जापानिज इन्सेफ्लाइटिस (जेइ) सङ्क्रमणबाट झापामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको गत साता मृत्यु भएपछि जिल्लामा जेइबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेमा चार महिला र दुई पुरुष रहेका छन् ।
जिल्लाका विभिन्न स्थानमा जेइ परीक्षण बढाउनुका साथै स्वास्थ्यकर्मीको टोलीलाई अनुगमनका लागि निरन्तर परिचालन गरिएको निरीक्षक श्रेष्ठले राससलाई जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
