RayNewsDaily
बढुवा भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

रे समाचार/काठमाडौँ । नेपाली सेनामा बढुवा भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्राविधिक सहायक रथीबाट उपरथीमा बढुवा भएका विश्वबन्धु पहाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

त्यसैगरी प्राविधिक प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनु भएकी डा. इन्दिरा आचार्यलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update