महिला तथा बाल स्वास्थ्यमा सहकार्यबारे छलफल
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधि श्रीराम हरिदासबीच महिला तथा बालबालिकाको स्वास्थ्य र जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
मन्त्री मेहताको कार्यकक्षमा आज अपराह्न भएको भेटमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार, मातृ स्वास्थ्य, परिवार नियोजन तथा लैङ्गिक समानता सुनिश्चित गर्ने विषयमा छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
भेटमा मानसिक स्वास्थ्य सेवाका विषयमा समेत छलफल भएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
