RayNewsDaily
आर्थिक रूपमा आत्मनिर्भर बन्दै महिला, बढ्दै सम्बन्धविच्छेदका मुद्दा
एआई निर्मित सांकेतिक तस्वीर ।
  • तनहुँमा गत वर्ष दर्ता भएका सम्बन्धविच्छेदका मुद्दा ९५२ ।
  • सम्बन्धविच्छेदका ८१० मुद्दा अदालतबाट निरुपण ।
  • अंशका २८७ मुद्दा दर्ता हुँदा १७९ मुद्दा किनारा ।

रे समाचार/दमौली । तनहुँमा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार भएसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढ्दै गएको पाइएको छ । विशेषगरी महिलामा शिक्षा, रोजगारी र आर्थिक आत्मनिर्भरता बढेसँगै आफ्नो अधिकारका लागि कानुनी बाटो रोज्ने प्रवृत्ति बढेको हो ।

तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ विस्तार हुनु सम्बन्धविच्छेदका मुद्दा बढ्नुका प्रमुख कारण हुन् ।

गत आर्थिक वर्षमा तनहुँ जिल्ला अदालतमा दुई हजार ४५६ मुद्दा दर्ता भएकामा सम्बन्धविच्छेदका मात्रै ९५२ मुद्दा रहेका छन् । तीमध्ये ८१० मुद्दा निरुपण भएको अदालतले जनाएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा अंशसम्बन्धी २८७ मुद्दा दर्ता भएकामा १७९ मुद्दा किनारा लगाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update