RayNewsDaily
भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा   

चितवन । भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवाम्याट्रेसराखेर प्रदान गर्नु परेको गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरु १११ छन् प्रसूति शल्यक्रियापछि राख्नेगाइनेकोपोष्टअप२३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्नेपोष्टनेल२३, प्रसूति भर्ना चार, प्रसूतिवेटिङ१५, प्रसूतिएक्टिभपाँच, ‘लेबरतीन बर्थिङ युनिटपाँच शय्या छन्     
    
 वरिष्ठ प्रसूति रोग विशेषज्ञ सहप्रध्यापक डा रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक ४० देखि ५० जनाको प्रसूति गराउने गरिएको सुत्केरी हुनुअघि औषधि चलाउँदा शय्यामा राखेर मात्र चलाउने गरिएको त्यसअघि पालो कुर्नका लागि भुइँमाम्याट्रेसमा राख्न बाध्य भएको उहाँले बताउनुभयो     
    
चितवन सहित छिमेकी जिल्लाका प्रसूति सेवा लिनेहरुको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गर्दछ अनुभवी नर्सिङ सेवासँगै विज्ञ चिकित्सक बाल सघन उपचार कक्ष भएकाले प्रसूति गराउनेहरुको रोजाइ भरतपुर अस्पताल हुने गर्दछ     
    
 अस्पतालका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “अन्य मौसममा प्रसूति गराउन आउनेको सङ्ख्या कम हुने भएकाले सहजै शय्या पाउने भए पनि यो समयमा गाह्रो हुने गरेको यही समयका लागि मात्रै शय्या व्यवस्थापन गर्न कठिन हुने भएकाले गर्भवतीले सहज सुविधा पाउन गाह्रो भएको उहाँले बताउनुभयो वरिष्ठ प्रसूति रोग विशेषज्ञ सापकोटाका अनुसार असोज, कात्तिक महिनामा दसैँ तिहार जस्ता पर्व मनाउन घरबाहिर रहेकाहरु घरमा आउने गर्दछन् सोही समयमा गर्भ बसेकाहरुको यो समयमा सुत्केरी गर्दछ सोही कारणले यो समयमा प्रसूति गराउनेहरुको सङ्ख्या बढेको हुन सक्ने जनाइएको     
    
    
 अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक २९ जना नर्सिङ सेवाका तालिम प्राप्त कर्मचारी छन् यसका कारण सुत्केरी गराउनेहरुलाई अन्यत्रभन्दा सहज हुने गरेको उहाँको भनाइ अस्पतालमा नै २० शय्याको बाल सघन उपचार कक्ष चार शय्याकोकङ्गारु मदर केयरपनि रहेको अस्पतालमा दक्षनर्समिड वाइफले मात्र नजजात शिशु निकाल्न सहयोग गर्ने पाँच शय्याको बर्थिङ युनिट प्रसूति सेवामा यस अस्पताललाई प्रसूति गृह पछिको व्यवस्थित विश्वासिलो रुपमा लिने गरिन्छ     
    
 प्रवक्ता डा सापकोटाले गत आर्थिक वर्षमा सात हजार ८५३ जनाले अस्पतालबाट प्रसूति सेवा लिएको जानकारी दिनुभयो उहाँका अनुसार तीमध्ये चार हजार २३५ जनाको सामान्य स्तरबाट बच्चा निकालिएको हो भने तीन हजार ५४० जनाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो ७० जनाकोभ्याकुमफोर्सएपनामक उपकरण प्रयोग गरेर शिशु झिकिएको         
 राससका अनुसार अघिल्लो आर्थिक वर्षमा आठ हजार ४२० जना आमाले भरतपुर अस्पतालमा प्रसूति सेवा लिएका थिए ती मध्ये तीन हजार ८२५ जनाको शल्यक्रिया गरेर शिशु झिकिएको हो भने चार हजार ४०८ जनाको सामान्य तरिकाले बच्चा निकालिएको हो १८७ जना आमाको उपकरण प्रयोग गरी सुत्केरी गराइएको थियो गत वर्ष ४५ प्रतिशतको शल्यक्रिया गर्नु परेको थियो भने अघिल्लो आर्थिक वर्षमा यो प्रतिशत ४५ दशमलब चार रहेको थियो जटिल प्रकृतिका समेत धेरै हुने भएकाले शल्यक्रियाको प्रतिशत अस्पतालमा बढी हुने गरेको उहाँको भनाइ     

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update