RayNewsDaily
आन्दोलन स्थगित भएपछि जनजीवन र बजार गतिविधि सामान्य बन्दै

रे समाचार/वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा हटाएको छ । पछिल्ला दिनमा जुलुस र हुलदङ्गा सामान्य बन्दै गएपछि शनिबारदेखि निषेधाज्ञा हटाइएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि हरेक दिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब हटाइएको छ ।

सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ । त्यससँगै आन्दोलनरत हिन्दू समाज तथा विभिन्न हिन्दूवादी सङ्घसंस्थाले आफ्ना विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

आन्दोलन स्थगित भएसँगै वीरगञ्ज र आसपासका क्षेत्रमा जनजीवन, बजार, उद्योगधन्दा तथा यातायात सेवा पुनः नियमित बन्दै गएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update