RayNewsDaily
ग्यासको सहज आपूर्ति मिलाउन उद्योगीलाई आयल निगमको निर्देशन
  • १४.२ केजी ग्याँसपछि अभावको गुनासो, सहज आपूर्तिका लागि उद्योगीलाई आग्रह ।
  • घरायसी उपभोक्तालाई प्राथमिकता दिएर अभिलेखसहित बिक्री गर्न निर्देशन ।
  • ग्याँस नपाए हटलाइन ०१-५९७१९०२ मा सम्पर्क गर्न अनुरोध ।

रे समाचार/काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको सहज आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगीलाई आग्रह गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै १४.२ केजीको घरेलु ग्याँस सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्याँस अभाव भएको गुनासो आएकाले आपूर्ति सहज बनाउन निर्देशन दिएको हो ।

निगमले ग्यास उद्योगीलाई बजारमा नियमित र सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

gas-store-1785565805.jpeg
त्यस्तै, ग्यास बिक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखी व्यवस्थित रूपमा बिक्री-वितरण गर्न पनि आग्रह गरिएको छ ।

ग्यास नपाएमा कार्यालय समयभित्र हटलाइन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ ।

निगमका अनुसार एलपी ग्यासको आयात र बिक्री-वितरण नियमित भइरहेको तथा आगामी दिनमा पनि निरन्तर रहने भएकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update