RayNewsDaily
गोलबजार घटना : १० लाख राहत र शहीद घोषणा
सिरहाको गोलबजार
  • गणेश यादवका परिवारलाई रु १० लाख राहत ।
  • शहीद घोषणा प्रक्रिया तत्काल अघि बढाइने ।
  • स्मृति उद्यान र शालिक स्थापना गरिने ।

रे समाचार/काठमाडौँ । सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ । साथै, उहाँलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यादवको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरिनेछ । सोही स्थानमा उहाँको शालिक पनि स्थापना गरिने जनाइएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update