RayNewsDaily
कर्फ्युपछि जयनगर-जनकपुर-भंगहा रेल सेवा बन्द
  • सुरक्षा कारण देखाउँदै रेल सञ्चालन स्थगित ।
  • अर्को सूचना नभएसम्म सेवा बन्द ।
  • यात्रुहरू वैकल्पिक यातायात खोज्न बाध्य ।

रे समाचार/जनकपुरधाम । जनकपुरधाममा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा रेल सेवा स्थगित गरिएको छ । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म रेल सञ्चालन बन्द गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी कर्फ्यु अवधिभर रेल सेवा पूर्ण रूपमा स्थगित गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको जयनगरदेखि धनुषाको जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म सञ्चालन हुने रेल सेवा कर्फ्यु हटेपछि मात्र पुनः सञ्चालनमा आउनेछ ।

अचानक रेल सेवा बन्द भएपछि दैनिक आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन् । स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम राख्न जनकपुरधामका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update