सिरहा झडपमा गोली लागेका एकजना युवकको मृत्यु
रे समाचार/काठमाण्डू । सुनसरीको कप्तान्गञ्जमा भएको घटनालाई लिएर सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एकजना युवकको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार उपचारका क्रममा औरही गाउँपालिका वडा नम्वर २ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले गणेश यादवको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।
सो क्षेत्रमा यत्तिवेला ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाका विभिन्न स्थानमा कर्फ्यु आदेशसमेत लागू गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ १७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
