पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- १७ किलो र सिमलताल नजिकको पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ।
- बिहान अवरुद्ध सडक दिउँसो ३:१५ बजेदेखि दुईतर्फी खुल्यो ।
- लेदो र ढुङ्गासहितको पहिरो पन्छाएर सवारी आवागमन सहज ।
रे समाचार/चितवन । नारायणगढ-मुग्लिन सडकमा विभिन्न स्थानमा खसेको पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । आज बिहान १७ किलो र सिमलताल नजिक लेदो र ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिकको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
उहाँका अनुसार पहिरो हटाउने काम भइरहेका बेला दुवै स्थानमा सुरुमा एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको थियो । त्यसपछि सवारी चाप कम भएपछि पहिरो पूर्ण रूपमा हटाएर आज दिउँसो ३:१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ११, २०८३ १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
