RayNewsDaily
एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको ज्यान गयो
  • देशभर एकैदिन ४७ विपद्जन्य घटना, दुई जनाको मृत्यु ।
  • पहिरो, बाढी, आगलागी र सर्पदंशका घटनामा पाँच जना घाइते ।
  • विपद्बाट करिब एक करोड ९० लाख रुपैयाँ बराबरको क्षति ।

रे समाचार/काठमाडौं । देशका विभिन्न भागमा बुधबार एकैदिन ४७ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६, सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका हुन् ।

प्राधिकरणका अनुसार ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको ज्यान गएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट करिब एक करोड ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार गत वैशाख १ गतेयता देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् । ती घटनामा १७३ जनाको मृत्यु, दुई जना बेपत्ता तथा एक हजार २०८ जना घाइते भएका छन् । यस अवधिमा चार हजार ८६९ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update