RayNewsDaily
सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने
  • शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्र सेवा उपलब्ध हुने ।
  • सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै निर्णय ।
  • बिहान १० बजेदेखि सेवा सञ्चालन गरिने ।

रे समाचार/जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै कार्यालयले शनिबार र आइतबारसमेत सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

कार्यालयले जारी गरेको सूचनाअनुसार साउन ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्या दैनिक बढ्दै गएको उल्लेख गर्दै सेवा प्रवाहलाई सहज बनाउन सार्वजनिक बिदामा पनि सेवा निरन्तर सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ११:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update