RayNewsDaily
आत्मदाहबाट घाइते गणेश नेपालीको निधन

रे समाचार/काठमाडौँ । राहदानी बिभाग त्रिपुरेश्वरअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका-१ का गणेश नेपालीको वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

आत्मदाह गरी गम्भीर घाइते हुनुभएका २५ बर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि मृत्यु भएको बताउनुभयो ।

जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ ।     
     
नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेको अवस्थामा निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गर्नुभयो ।     
     
यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।  

मोटरसाइकलबाट राइड सेयरिङको काम गरिरहनुभएका नेपालीले बिहीबार केहीबेर राहदानी विभाग अगाडि बाइक रोक्दा महानगर प्रहरीले चर्को जरिवाना तोकेपछि उहाँले पेट्रोल छर्किएर आत्मदाह गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update