RayNewsDaily
वन उद्यममा जोडिँदै नवलपुरका महिला   

त्रिवेणी (नवलपरासी वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गरिरहेका छन् जिल्लाको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वनमा आबद्ध महिलाले थाकल अम्रिसोको उपयोग गरी विभिन्न हस्तकलाका सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियान सञ्चालन गरेका हुन्     
    
 पहिले वनमा खेर जाने थाकल अहिले महिलाहरूको आम्दानीको मुख्य स्रोत बनेको उहाँहरूले थाकलबाट झोला, टेबल म्याट, टिम्याट, टोपी, गमला, सजावटका सामग्रीलगायत विभिन्न हस्तकला उत्पादन गरिरहेका छन् त्यस्तै अम्रिसोबाट कुचो उत्पादन गरी स्थानीय बजारदेखि काठमाडौँसम्म बिक्री गर्दै आएका छन्     
    
 नमूना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार केही वर्षअघि थाकलको झोला बुन्ने तालिम लिएपछि सामान्य झोला उत्पादनबाट सुरु गरिएको उद्यम अहिले विभिन्न प्रकारका हस्तकलाका सामग्री अम्रिसोका कुचो उत्पादनसम्म विस्तार भएको हाल समूहमा करिब २० जना महिला सक्रिय रूपमा आबद्ध रहेका उहाँले जानकारी दिनुभयो     
    
 उहाँका अनुसार समूहका सदस्यहरूले सामुदायिक वनबाट थाकल सङ्कलन गरी त्यसलाई प्रशोधन गरेर विभिन्न सामग्री उत्पादन गर्छन् उत्पादनमा संलग्न सदस्यहरूलाई निश्चित पारिश्रमिक प्रदान गरिन्छ भने बाँकी बचत पुनः उद्यम विस्तारमा लगानी गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो     
    
 उद्यममा आबद्ध खगिसरा लुङ्गेलीले घरधन्दा सकेपछि फुर्सदको समयमा घरमै बसेर थाकलका झोला, टोपी तथा अम्रिसोका कुचो बनाउने गरेको बताउनुभयो उद्यमबाट हुने आम्दानीले व्यक्तिगत खर्च व्यवस्थापन गर्न तथा परिवारको आर्थिक आवश्यकतामा सहयोग पुगेको उहाँको भनाइ     
    
 भर्खरै कुचो बनाउने तालिम लिनुभएकी कुमारी श्रेष्ठले अन्य महिलाहरू उद्यममार्फत आत्मनिर्भर बनेको देखेपछि आफू पनि समूहमा आबद्ध भएको बताउनुभयो सीप हासिल गरेपछि आफ्नै मेहनतबाट आम्दानी गर्न सकिने आत्मविश्वास बढेको उहाँले सुनाउनुभयो     
    
 समूहले उत्पादन गरेका सामग्रीहरू मुख्यतः घरबास (होमस्टे), पर्यटन क्षेत्र तथा काठमाडौँसम्म पुग्ने गरेका अध्यक्ष रायमाझीले जानकारी दिनुभयो पछिल्लो समय बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको भन्दै विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा ग्राहक स्वयं माग गर्दै आउने गरेका उहाँले बताउनुभयो     
    
 नमूना महिला सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङका अनुसार थाकलबाट हस्तकला सामग्री उत्पादनसँगै व्यावसायिक रूपमा अम्रिसोका कुचो उत्पादनलाई समेत विस्तार गरिएको आफ्नै सामुदायिक वनमा पर्याप्त अम्रिसो नहुँदा अन्य सामुदायिक वनबाट कच्चा पदार्थ ल्याएर उत्पादन बढाइएको उहाँले जानकारी दिनुभयो     
    
 वनकी अध्यक्ष तामाङका अनुसार हाल काठमाडौँबाट एकैपटक एक सय वटा हस्तकला सामग्रीको माग आएको माग बढ्दै जाँदा समूहमा आबद्ध महिला थप उत्साहित बनेका उहाँले बताउनुभयो उद्यमलाई व्यवस्थित बनाउन समूह दर्ता गरी संस्थागत रूपमा सञ्चालन गरिएको तामाङले जानकारी दिनुभयो उद्यम विस्तार गर्ने उद्देश्यले केही दिनअघि मात्रै थप २० जना महिलालाई तालिम प्रदान गरिएको थियो उक्त तालिम सञ्चालनका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको उहाँले बताउनुभयो     
    
 वनमा खेर जाने प्राकृतिक स्रोतको सदुपयोग गर्दै सञ्चालन गरिएको यस उद्यमले महिला सशक्तीकरण, आयआर्जन स्थानीय रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताउनुभयो वन पैदावारको दिगो उपयोग मार्फत वातावरण संरक्षणसँगै ग्रामीण महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन डिभिवन वन कार्यालयले यहाँका सामुदायिक वनलाई प्रोत्साहन गर्दै आएको उहाँले बताउनुभयो  रासस   

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update