RayNewsDaily
पिरोमा ‘गुलियो’ खुसी   

सनद अधिकारी/नारायणगढ (चितवनस्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गर्नुभएको खैरहनी नगरपालिका१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा संकायमा स्नातक (बीएड) उत्तीर्ण गरेपछि सुरु गरेको शिक्षण पेसा त्यागेर व्यावसायिक रूपमा गरेको पिरो खुर्सानीखेतीबाट अहिले वार्षिक लाखौँ रुपैयाँ आम्दानी मात्र गरिरहनुभएको छैन, गाउँका धेरै युवा तथा स्थानीयलाई रोजगारीसमेत दिनुभएको दुई दशकभन्दा लामो समयदेखि पुख्र्यौली पेसालाई आधुनिक व्यवसायीकरण गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्नुभएका श्रेष्ठ यतिबेला जिल्लाकै एक सफल आदर्श कृषकका रूपमा स्थापित हुनुहुन्छ     
    
केही समय शिक्षक भएर विद्यार्थी पढाउने श्रेष्ठको दैनिकी अहिले निकै फेरिएको जागिरको सीमित तलब घेराभन्दा आफ्नै खेतको माटोले बढी सन्तुष्टि दिने महसुस भएपछि उहाँ शिक्षण पेसा छाडेर पूर्ण रूपमा कृषिकर्ममा होमिनुभएको हो वर्षसम्म शिक्षण पेसामा बिताउनुभएका उहाँ अचेल हातमा कृषि औजार लिएर आफ्नै पिरो खुर्सानीको बगानमा व्यस्त भेटिनुहुन्छ     
    
विसं २०५६ देखि नै आंशिक रूपमा तरकारीखेतीमा जोडिनुभएका श्रेष्ठले विगत २०७२ सालदेखि भने व्यावसायिक रूपमा पिरो खुर्सानीलाई मुख्य प्राथमिकता दिँदै आउनुभएको उहाँले अहिले झन्डै २५ कट्ठा जग्गामा बुलेट लामो जातका खुर्सानीहरू लगाउनुभएको पहिलेपहिले यहाँबाट झन्डै २६ किलोमिटर टाढासम्म साइकलमा तरकारी बोकेर बेच्न जानुपथ्र्यो,“ पुराना दिन सम्झिँदै श्रेष्ठ भन्नुहुन्छ, “तर आजकाल त्यस्तो अवस्था छैन, व्यापारीहरू बारीमै आउँछन् खेतबाटै खुर्सानी तथा तरकारी बिक्री हुन्छ ”    
    
नेपाली बजारमा भारतीय खुर्सानीको ठूलो दबदबा रहे पनि श्रेष्ठको उत्पादनले बजारमा छुट्टै पहिचान बनाएको भारतीय खुर्सानीको तुलनामा रैथाने उत्पादन ताजा गुणस्तरीय हुने भएकाले उहाँको खुर्सानीले बजारमा अन्यको भन्दा बढी मूल्य पाउने गरेको उहाँले उत्पादन गर्नुभएको खुर्सानी चितवनको नारायणगढ, टाँडी, पर्सादेखि राजधानी काठमाडौँसम्म पुग्ने गर्दछ अरू किसानले यहाँ खासै पिरो खुर्सानी लगाउँदैनन्, त्यसैले मलाई बिक्रीमा कहिल्यै समस्या भएन कुनै दिन पनि खुर्सानी बिकेन भनेर घरमा थन्क्याएर राख्नुपरेको छैन गत वर्ष बढी भएर बोटमै पाकेको खुर्सानीलाई सुकाएर रातो बनाई झन्डै एक लाख रुपैयाँको सुकेको खुर्सानी मात्रै बिक्री गरेको उहाँले बताउनुभयो उहाँका अनुसार यो १२ महिना नै उत्पादन हुने सदाबहार खेती गर्न सबैभन्दा सजिलो बाली हो     
    
खुर्सानीखेतीबाट श्रेष्ठले लोभलाग्दो आम्दानी गरिरहनुभएको गत वर्ष मात्रै उहाँले २५ कट्ठा जग्गाबाट रु २३ लाख बराबरको खुर्सानी बिक्री गर्नुभयो जसमा मल, बीउ, ज्याला लगायतका सबै खर्च कटाएर उहाँले रु १२ लाख खुद नाफा (बचत) गर्नुभयो कृषिबाट उहाँले आफ्नो आर्थिक अवस्था मात्र सुधार्नुभएको छैन, स्थानीय तहमा रोजगारी सिर्जना गर्नुभएको उहाँको कृषि फार्ममा दैनिक १० देखि १२ जना स्थानीयले नियमित रोजगारी पाइरहेका छन् श्रेष्ठले वार्षिक रूपमा रु १० लाखभन्दा बढी रकम कामदारको ज्यालामै खर्च गर्ने गर्नुभएको परिवार अनि आफैँ पनि खेतमा खट्छु गाउँका अन्य दाजुभाइ, दिदीबहिनीलाई पनि काम दिएको छु उनीहरूले पनि काम पाएका छन्, मलाई पनि फाइदा भएको ”, उहाँ भन्नुहुन्छ     
    
तरकारीखेतीकै कमाइबाट श्रेष्ठले आफ्नो पुख्र्यौली सम्पत्तिलाई विस्तार गर्दै व्यवसायलाई अझ फराकिलो बनाउनुभएको उहाँले अहिले कृषकहरूलाई मलबीउ परामर्श दिन नवीन एग्रो सेन्टर राइस एण्ड तोरी मिल सञ्चालन गरिरहनुभएको आफू मात्र नभई उहाँले गाउँका अन्य किसानलाई आइपर्ने समस्या प्राविधिक सहयोग समेत गर्दै आउनुभएको बुवाआमा, श्रीमती दुई छोरीसहितको उहाँको जनाको परिवार अहिले यही कृषिकर्मको बलियो जगमा खुसीसाथ टिकेको     
    
स्वदेशमा सम्भावना नदेखेर विदेश पलायन हुने युवा पुस्ताका लागि श्रेष्ठ एक प्रेरणाको स्रोत बन्नुभएको आफ्नै माटोलाई माया गरेर पसिना बगाउने हो भने विदेशमा भन्दा बढी आम्दानी आत्मसम्मान स्वदेशमै पाउन सकिन्छ भन्ने प्रमाणित गर्दै उहाँ भन्नुहुन्छ सही योजना जाँगर चलाउने हो भने नेपालकै कृषिमा भविष्य निकै उज्यालो भन्ने कुरा श्रेष्ठको भनाइले प्रमाणित गर्छ  रासस   

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update