रमेश हतुवाली/विराटनगर । China Global Television Network (CGTN) Nepali Service (तत्कालिन CRI Nepali Service) को ५१ औ बार्षिक उत्सवको ऐतिहासिक अवसरमा सीजिटिएन फ्यान कल्व नेपाल (China Global Television Network (CGTN) Fan Club Nepal) को औपचारिक घोषणा गरिएको छ ।
नेपाल र उत्तरी छिमेकी चीनबीचको शताब्दीयौं पुरानो सम्बन्धलाई अनलाईन, रेडियो तथा टेलिभिजन प्रसारणको माध्यमबाट जनस्तरसम्म अभिवृद्धि गर्ने उद्धेश्यले सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालका संस्थापक अध्यक्ष तथा रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाश बाबु पौडेलले आज अनलाईन पेज मार्फत फ्यान कल्व नेपालको औपचारिक घोषणा गर्नुभएको हो ।
फ्यान कल्व नेपालको औपचारिक घोषणा गर्नुहुँदै अध्यक्ष पौडेलले भन्नु भयो, "सीआरआई नेपाली विभाग (हाल CGTN नेपाली सेवा) को ५१ औ बार्षिक उत्सवको ऐतिहासिक अवसरमा नयाँ तथा पुराना मित्रहरूलाई हार्दिक बधाई तथा मीठो सम्झना प्रकट गर्दछु । सन १९७५ जुन २५ तारीख रेडियो पेकिङबाट सुरु भएको नेपाली सेवाको प्रशारणसँगै हामीहरु माझ पनि मित्रता गाँसिएको थियोे । अहिलेसम्म पनि हामीहरुको मित्रता निरन्तर कायमै छ ।"
अध्यक्ष पौडेलले भन्नुभएको छ, "यस ऐतिहासिक अवसरमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न दशकौंदेखि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपाल चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (CRI) चाईना ग्लोवल टेलिभिजन नेटवर्क (CGTN) मा रुपान्तरण भएसँगै सीजीटिएन नेपाली विभागसँगको सहकार्य तथा समन्वयमा सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपाललाई आजैका मितिदेखि सीजिटीएन फ्यान कल्व नेपालमा रुपान्तरित गरिएको व्यहोरा जानकारी गराउँदछु । साथै सीजिटीएन फ्यान कल्व नेपालको केन्द्रीय तदर्थ समिति तपशिल बमोजिम गठन गरिएको व्यहोरा समेत उल्लेख गर्दै यसै अनलाईन पेजमार्फत अनुमोदनका लागि प्रस्ताव गर्दछु ।
मलाई पूर्ण विश्वास छ, सीजिटीएन फ्यान कल्व नेपालले आउँदा दिनहरुमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सीजिटिएनसँगको सहकार्यलाई निरन्तरता दिनेछ । साथै सन् २०२६ भित्रै सीजिटीएन फ्यान कल्व नेपालको केन्द्रीय समितिको पहिलो सम्मेलन गर्ने प्रयासमा सबै साथीहरुको साथ र सहयोगको पनि अपेक्षा गर्दछु । धन्यवाद ।
संयोजक :
लोकेन्द्र काफ्ले
सदस्यहरु :
काजिराम गौतम
डा. नविन चापागाईँ
सुदर्शन पौडेल
सन्तोष भुजेल
हुम बहादुर खड्का
सुवास चन्द्र कोइराला
भजन सुवेदी
निरज सापकोटा
डिल्ली रमण सुवेदी
उमेश रेग्मी
दर्गा घिमिरे
युक्त प्रसाद श्रेष्ठ
नेपाल-चीन सम्बन्ध अमर रहोस् ।
सन् १९७५ जुन २५ तारिखका दिन तत्कालिन रेडियो पेकिङले नेपाली विभागको स्थापना गरी नियमित प्रसारण प्रारम्भ गरेको थियो । चीन र नेपालबीचको सम्बन्धलाई रेडियो प्रसारणको माध्यमबाट जनस्तरसम्म अभिवृद्धि गर्ने उद्धेश्यले चीन सरकारले नेपाली विभागको स्थापना गरी समाचार र विभिन्न कार्यक्रमहरु प्रसारण गर्न सुरु गरेको ५१ वर्ष पुरा भएको छ । यस अवधिमा नेपाली विभागले नेपाल, भारत, भुटान, मलेसिया, सिंगापुर, कतार, साउदी अरेविया, बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान लगायत विश्वका विभिन्न देश तथा क्षेत्रमा बस्ने नेपाली समुदायमाझ उच्च लोकप्रियता हासिल गरेको छ ।
नेपाली भाषा र संस्कृतिको प्रचार प्रसारमा तत्कालिन रेडियो पेकिङले समयको माग अनुसार नाम परिवर्तन गर्दै जाँदा रेडियो बेईजिङ, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) र वर्तमान अवस्थासम्म आउँदा सीजिटिएन नेपाली सेवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
नेपालमा सीआरआईका प्रसारण सुन्ने नियमित र सक्रिय श्रोताको संख्या विगतमा झण्डै २० लाखको हाराहारीमा पुगेको नेपाली विभागका पहिलो पुस्ताका कार्यक्रम सञ्चालकहरुले बताएका छन् ।
नेपाल र चीनबीचको सम्बन्धलाई श्रोता कल्वहरुको माध्यमबाट जनस्तरसम्म पुर्याउन सन् १९९६ मे १८ तारिखमा स्थापना भएको सीआरआई श्रोता कल्वहरुको राष्ट्रिय परिषद् नेपालमा ७५० वटा भन्दा बढी श्रोता कल्वका प्रतिनिधीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । सी.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद् नेपालले श्रोता क्लबहरुको छाता संगठनको रुपमा स्थापनाको ३० वर्षको अवधिमा राष्ट्रिय स्तरका दर्जनौ महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरेको छ ।
हङ्गकङ्ग मातृभूमी चीनमा समाहित हुँदाका अवसरमा परिषद्ले आयोजना गरेको कार्यक्रम नेपालमा एउटै मात्र राष्ट्रिय स्तरको कार्यक्रम थियो । त्यसैगरी मकाउ चीनमा समाहित हुँदा पनि यस परिषद्ले भव्य कार्यक्रमको आयोजना गरेको थियो । प्रत्येक वर्षको जून २५ तारिखका दिन सी.आर.आई. नेपाली विभागको स्थापनाको अवसरमा परिषद्ले विभिन्न कार्यक्रमहरु गर्दछ भने नेपाल–चीन दौत्य सम्वन्ध स्थापना दिवस(१ अगस्त), नयाँ चीन स्थापनाको वार्षिकोत्सव (अक्टोवर १), सी.आर.आई.को स्थापना दिवस (डिसेम्वर ३) का अवसरमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिन्दै आएका छन् ।
