RayNewsDaily
सागम र लप्से गाउँमा खानेपानीको पहुँच   

भोजपुर । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी खानेपानी आयोजनामार्फत २६ घरमा एक एक धारा जडान भएको     
    
यो योजनाबाट सङ्खुवासभाको खाँदबारी नगरपालिकामा पर्ने सागम लप्से गाउँको पानीको समस्या हटेको हो तीन स्कीममा निर्माण भइरहेको आयोजनाको पहिलोस्किमको काम सम्पन्न भएसँगै २६ घरमा पानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको     
     
गत वर्षबाट यो आयोजना निर्माणको काम थालिएको हो यो आयोजनाको कूल अनुमानित लागत श्रमदानसहित रु करोड ८९ लाख रहेको कार्यालयका सवइन्जिनियर बेदराज बराइलीले जानकारी दिनुभयो     
    
पानीको चरम अभाव रहेको यो स्थानमा घरघरमा धारा जडान गरिएपछि सहजता भएको खाँदबारी नगरपालिका का वडाध्यक्ष अर्जुन तामाङले बताउनुभयो बाँकी रहेका स्कीमको पनि काम समयमा सम्पन्न गराउन वडाले आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ     
    
आयोजनाको लागि वार्षिकरुपमा आउने बजेट न्यून भएको कारण योजनालाई चाँडो सम्पन्न गराउन समस्या देखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले बताउनुभयो स्थानीयलाई चाँडो पानी खुवाउन यहाँ आउने बजेटलाई सरकारले बढाउन आवश्यक रहेको उहाँको भनाइ     
    
पहिलो स्किमबाट पानी वितरण थालिएपछि सहजता भएको स्थानीयवासी टेकबहादुर बगाले मगरले बताउनुभयो घरमा धारा जडान भएपछि पानीको जोह गर्न आधारातमा कुँवा तथा पँधेरा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ     
    
पानी वितरण भएपछि दैनिक सरसफाइदेखि घरायसी कामकाजमा सहज भएको स्थानीयवासी तारामाया राईले बताउनुभयो घरघरमा पानी जडान भएपछि वर्षौंदेखिको पानीको समयमा अन्त्य भएको उहाँको भनाइ  रासस   

 

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update