RayNewsDaily
केही स्थानमा हल्का वर्षाको सम्भावना   

काठमाण्डू ।  हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको         

 विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली पहाडी भूभागमा साधारणतया बादल लागेको अन्य तराई भूभागमा मुख्यतया सफा रहेको कोशी, बागमती गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको     
    
आज दिउँसो देशका हिमाली पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ     
   
कोशी प्रदेशका हिमाली पहाडी भूभागका केही स्थानमा तथा बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना     
    
कोशी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना     
    
 लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना     
    
 आज राति कोशी, बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ     
    
 मधेस प्रदेश अन्य हिमाली पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ कोशी, बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना     
    
 मधेस प्रदेशमा एकदुई स्थान कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना कोशी गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना   रासस  

 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update