RayNewsDaily

काठमाण्डू । पूर्वगृहमन्त्री धर्मबहादुर थापाको निधन भएको छ । उहाँको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ ।

उहाँले लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रशासनिक सेवामा रहँदा उहाँले विभिन्न अञ्चलमा अञ्चलाधीशका रूपमा सेवा गर्नुभएको थियो । त्यसपछि उहाँ गृहसचिव पनि हुनुभएको थियो । दिवङ्गत थापाका दुई छोरा हुनुहुन्छ । 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update