RayNewsDaily
यस्तो छ आजको मौसम पूर्वानुमान   

काठमाण्डू । आज देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभाग तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ     
    
मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको     
    
यस्तै, कोशी प्रदेशलगायत बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभागका थोरै स्थानमा बाँकी हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको     
    
आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको     
    
आज राति कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मुख्यतया सफा रहनेछ     
    
कोशी प्रदेशका थोरै स्थान, बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभाग तथा कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  रासस 

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update