RayNewsDaily
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना   

काठमाण्डू ।  आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने     
    
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ     
    
यस्तै, कर्णाली सुदूरपश्चिमलगायत कोशी, बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभागका थोरै स्थान तथा कोशी लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको     
    
आज राति देशको हिमाली भूभागमा साधारणतया, पहाडी भूभागमा आंशिक बादल लाग्ने तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको     
    
यसैगरी सुदूरपश्चिम कर्णाली प्रदेशका हिमाली पहाडी भूभागलगायत कोशी, बागमती, गण्डकी लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको  रासस   

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update