RayNewsDaily
आजको मौसम पूर्वानुमान : हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा/हिमपात, तराईमा तातो हावा   

 काठमाण्डू । नेपालमा पश्चिमी वायू स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती गण्डकी प्रदेशका हिमाली पहाडी भूभाग साथै कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको     
    
मधेश प्रदेशलगायत बाँकी लुम्बिनी प्रदेशको पहाडी हिमाली भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको महाशाखाले जनाएको कोशी गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको     
    
आज दिउँसो कोशी, बागमती गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ कोशी, बागमती गण्डकी प्रदेश केही स्थानहरूमा, मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको सुदूरपश्चिम लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको     
    
आज राति कोशी, मधेश, बागमती गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ महाशाखाका अनुसार कोशी, बागमती गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको     

 

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update