रे समाचार/काठमाडौं । उपचारका लागि काठमाण्डौ आउनुभएका बाग्लुङका एक व्यक्ति सम्पर्क बिहीन हुनुभएको छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ स्थायी घर भएका ५८ वर्षीय कर्मु घर्ती मगर वैशाख २९ गते बिहानदेखि ललितपुरबाट सम्पर्कविहीन हुनुभएको हो ।
परिवारका अनुसार घर्ती मगर ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ स्थित कहरी टोलबाट मंगलबार बिहान करिब साढे पाँच बजेदेखि हराइरहनु भएको हो । परिवारले दिएको जानकारी अनुसार करिब चार हप्ताअघि उहाँको ब्रेन ट्युमरको अपरेशन गरिएको थियो । अपरेशनपछि मानसिक अवस्था अस्थिर रहेकाले उहाँ हराएको हुनसक्ने आशंका साहिँला छोरा विश्व घर्ती मगरले गर्नुभएको छ ।
प्रहरी कार्यालय गोदावरीले उहाँको खोजीकार्य जारी रहेको भन्दै कसैले उहाँलाई कतै देखेमा वा भेटेमा नजिकैको प्रहरी चौकीमा खबर गर्नका लागि अनुरोध गरेको छ ।
