RayNewsDaily
पाहुनालाई कोसेली कोदोको बिस्कुट   

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो     
    
अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थाल्नुभएको नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो ओभन मेसिनमा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उहाँको भनाइ     
    
उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गर्नु भएको हो भट्टराईकोदोको बिस्कुट तथा बेकरी उद्योगनाम दिएर उद्योग स्थापना गरेको उहाँले बताउनुभयो तयारी कोदो फल्ने, पिस्ने मह वा चिनी एवं केही मैदा मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाएर यसलाई तयार गर्ने गरिएको उत्पादन सुरु भरेको भर्खरै मात्र भएर हाल स्थानीय बजारका साथै घुम्न आउने पर्यटक पाहुनाहरूले कोसेलीका रूपमा बिस्कुट लैजाने गरेको उहाँको भनाइ     
    
माईजोगमाई गाउँपालिकाद्वारा सञ्चालित उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदानमार्फत आफूले सो उद्योग स्थापना गरेको सञ्चालक भट्टराईको भनाइ कोदोको परिकार शक्तिवद्र्धक मानिन्छ यसमा मिसाइने गुलियो या मह चिनी, उखुको खुदोले अझ मिठोपन दिने गर्दछ     
    
सँगै भट्टराईले पाउरोटीलगायतका परिकारसमेत निर्माण गर्ने गर्नुभएको तयार गरेको कोदोको बिस्कुट उपभोक्ताले रुचाउने गरेको उहाँ बताउनुहुन्छ स्वास्थ्यका लागि समेत राम्रो भएपछि यसलाई विस्तार गर्ने सोचमा रहेको सञ्चालक भट्टराई बताउँनुहुन्छ मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएकोसमेत उहाँको भनाइ     
    
गाउँपालिकाले सहयोग गरेको यो कार्यक्रमले स्थानीयस्तरमा कोदाको समेतब्रान्डिङहुने अपेक्षा लिइएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताउनुभयो उहाँले बिस्कुट बनाउन थालेपछि कोदोलाईब्रान्डबनाउन सकिने सम्भावनादेखिको उल्लेख गर्नुभयो पछिल्लो समय कोदोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएपछि यसको उत्पादनसमेत कम हुँदै आएको गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुने उत्पादनसँगै किसानलाई फाइदा पुग्ने गाउँपालिका अध्यक्षको भनाइ     
    
उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रवीना राईले बताउनुभयो उहाँका अनुसार उद्योग स्थापना गर्न गाउँपालिकाले नै सहयोग गरेको गाउँपालिकाले औजार खरिदमा सहयोग गरेको जनाइएको विभिन्न वडामा रहेका युवाहरूलाई काममा जोड्न आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो     
    
उहाँले यो कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन सके गाउँपालिकाले थप सहयोग गर्ने बताउँदै व्यावसायिक तरिकाले काम गर्न सुझाव दिनुभयो युवा तथा उद्यम गर्न चाहानेहरुले नयाँ रचनात्मक हिसाबले काम गरे उद्योग सञ्चालकलाई मात्र नभएर सिङ्गो गाउँपालिकालाई नै फाइदा मिल्ने उहाँको भनाइ वस्तु उत्पादनमा मात्र नभएर उत्पादित वस्तु बजारसम्म लैजानसमेत गाउँपालिकाको सहयोग आवश्यक   रासस  

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update