RayNewsDaily
केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना   

काठमाण्डू ।  आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना     
    
 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ     
    
 देशको हिमाली पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोशी प्रदेशको तराईको थोरै स्थानमा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना     
    
 त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको पनि सम्भावना  रासस   

 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update