RayNewsDaily
रे टेलिभिजन पाँचौ वर्षमा प्रवेश 

रे समाचार/काठमाण्डू । रे टेलिभिजन एचडीले स्थापनाको चौथो वर्ष पुरा भएको अवसरमा आज विशेष कार्यक्रमको आयोजना गरेको छ । 

५ वर्षअघि अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्थापना भएको रे टेलिभिजनले यस वर्ष वार्षिक उत्सव मनाउँदा संयोगले बुद्ध जयन्ती र उधौली पर्व पनि एकै दिन परेका हुन् । बार्षिक उत्सवको अवसरमा चाईना मिडिया ग्रुप (CMG) एसिया अफ्रिका भाषा केन्द्र र रे मिडिया ग्रुपको सहकार्यमा जेजी प्रोडक्सन र सिजिटिएन नेपाली सेवाले निर्माण गरेको "सिचाङमा भेटौला" नामक डकुड्रामाको प्रदर्शन गरिएको थियो ।  

कार्यक्रमलाई सम्वोधन गर्दै रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले रे टेलिभिजनले प्रसारणको चौथो बर्ष सफलता पूर्वक पार गरि पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा टेलिभिजन परिवार, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक संघसंस्था, दर्शक, विज्ञापनदाता लगायत सबैलाई शुभकामना र धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म जोड्नका लागि सिजिटिएनसँगको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

चाईना मिडिया ग्रुप (CMG) दक्षिण एशिया क्षेत्रका प्रमुख चाङ युए बर्षाले बार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सिजिटिएन नेपाली सेवाले रे मिडिया ग्रुपसँग डकुड्रामा निर्माणको सहकार्यबाट नेपाल र चीनबीचको सम्वन्धलाई झनै नजिक बनाउने प्रयत्न गरेको भन्दै विगतका अनुभवबाट सिकेर आगामी दिनमा झनै प्रभावकारी सहकार्यहरु निरन्तर गर्ने जानकारी दिनुभयो ।  

समारोहमा शुभकामना व्यक्त गर्नुहुँदै चलचित्र निर्देशक केपी पाठकले सिचाङ (तिव्बत) मा फेरि फेटौला डकुड्रामाले आफुले जान चाहेको तर अवसर नमिलेको चीनका तिव्बत, मानसरोवर लगायतका ठाउँमा पुर्याएको महसुस गराएको बताउनुभयो । साथै उहाँले डकुड्रामाको निर्माण पाटोमा अझै प्राविधिक सुधार गरेर लैजान सकिने भन्दै सुझाव समेत दिनुभयो । 

कलाकार तथा डकुड्रामाका निर्देशक जिबेससिंह गुरुङले भिडियो निर्माण र भ्रमणको अनुभवबारे बताउनुभएको थियो । 

कार्यक्रममा सहभागीहरुले डकुड्रामा उत्कृष्ट बनेको भन्दै डकुड्रामा र भ्रमण जस्ता कार्यक्रमहरुले छिमेकी मुलुकबीचको सम्वन्धलाई झनै मजबुद बनाउने र दुइ देशको सांस्कृतिक तथा आर्थिक सम्बृद्धिमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गरे । 

कार्यक्रममा काठमाण्डूस्थित चीन साँस्कृतिक केन्द्र नेपालका उपप्रमुख लिउ चान फिङ लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार र सञ्चारकर्मीहरुले शुभकामना आदानप्रदान गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update