RayNewsDaily
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार    

काठमाडौँ । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्कनुभएको छ ।     
     
स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव तारा राईले जानकारी दिनुभयो । मधुमेहको समस्या देखिपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना हुनुभएको थियो । चिकित्सकले उहाँलाई घरमै आराम गर्न सल्लाह दिएका छन् । रासस 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update